समुद्री आँधीको चपेटामा भारतका पूर्वी राज्य, बेमौसमी भारी वर्षा
सारांश
- बंगालको खाडीमा विकसित भइरहेको समुद्री आँधी मोंगाको कारणले भारतमा भारी वर्षाको चेतावनी जारी गरिएको छ।
- अरब सागरमा बनेको 'डिप्रेसन'को कारण गुजरात, महाराष्ट्र र पश्चिमी राजस्थानमा बेमौसमी वर्षा भइरहेको छ।
- मौसम विभागले गुजरातदेखि केरलासम्मका क्षेत्रहरूमा सुन्तला रङको चेतावनी जारी गरेको छ, जसले किसानहरूलाई असर गरेको छ।
नयाँ दिल्ली । बंगालको खाडीमा समुद्री आँधी मोंगा विकसित भइरहँदा भारतीय मौसम विभागले अलर्ट जारी गरेको छ । देशका पूर्वी तटीय क्षेत्रका धेरै राज्यहरूमा भारी वर्षाको चेतावनी दिइएको छ ।
यसैबीच, अरब सागरमा बनिरहेको नयाँ ‘डिप्रेसन’ले गुजरात र महाराष्ट्रलगायत पश्चिमी तटीय राज्यहरूमा बेमौसमी भारी वर्षा गराइरहेको छ । वर्षाले विशेष गरी किसानहरू प्रभावित भएका छन् । वर्षाका कारण नगदे बाली नष्ट भएको छ । मौसम विभाग (आईएमडी)ले गुजरातदेखि केरला र पश्चिमी राजस्थानसम्मका क्षेत्रहरूको लागि अरेन्ज अलर्टको चेतावनी जारी गरेको छ । मध्य प्रदेश, भित्री कर्नाटक र तेलंगानाका लागि पनि भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
बेमौसमी वर्षाले गुजरात, महाराष्ट्र र पश्चिमी राजस्थानलाई सबैभन्दा बढी असर गरेको छ । मौसम विभागको बिहानको बुलेटिनले तीनै राज्यहरूको लागि अरेन्ज अलर्ट (मौसमी वा आपत्कालीन चेतावनीको दोस्रो उच्च स्तर) जारी गरेको छ । गोवा, कर्नाटक, पश्चिमी मध्य प्रदेश र केरलाका लागि भारी वर्षाको चेतावनी जारी गरिएको छ । अरब सागरमा विकसित भइरहेको ‘डिप्रेसन’को कारण यो वर्षा भइरहेको बताइएको छ ।
विगत ४८ घण्टादेखि गुजरातका सौराष्ट्र र कच्छ जिल्लाहरूमा मुसलधारे वर्षा भइरहेको छ । मौसम विभागले बिहान ५ः३० बजेदेखि पूर्व–मध्य अरब सागरमा बनिरहेको डिप्रेसन गएको छ घण्टामा २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपूर्व (महाराष्ट्र–गोवा)तर्फ सर्दै गएको जनाएको छ । यो हाल मुम्बईबाट ७२० किलोमिटर पश्चिम–दक्षिणपश्चिम, गोवा (पणजी)बाट ७५० किलोमिटर पश्चिम, लक्षद्वीप (अमिनीदिवी)बाट ८५० किलोमिटर उत्तरपश्चिम र मंगलोरबाट ९४० किलोमिटर पश्चिम–उत्तरपश्चिम अर्थात् समुन्द्री क्षेत्रमा छ ।
यी हुन् सबैभन्दा बढी प्रभावित क्षेत्रः
गुजरातमा सौराष्ट्र–कच्छका तटीय जिल्लाहरू– पोरबंदर, जुनागढ, गिर सोमनाथ, अमरेली, भावनगर र बोटाड सबैभन्दा बढी प्रभावित छन् ।
महाराष्ट्रमा मुम्बई, ठाणे, पालघर, रायगढ, रत्नागिरी र सिन्धुदुर्गका लागि भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
आईएमडीले २४ घण्टामा ६४ दशमलव ५ देखि २०४ दशमलव ४ मिमी वर्षा हुने पूर्वानुमान गर्दै अरेन्ज अलर्टको चेतावनी जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण