आगजनी र तोडफोडमा संलग्नलाई कानुनी कठघरामा उभ्याउन ढिलाइ गर्न हुँदैन: मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री आचार्यले जेनजी आन्दोलनमा संलग्न व्यक्तिहरूलाई कानुनी कठघरामा उभ्याउन आग्रह गरे।
- एमाले नेता थापाले प्रतिनिधि सभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्दै दुई उद्देश्य प्रस्तुत गरे।
- सद्भाव र्यालीमा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रह्यो।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएका घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्।
नेकपा (एमाले) अर्घाखाँचीले आज आयोजना गरेको बृहत् सद्भाव र्यालीपछि सन्धिखर्कमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराएका हुन्।
उनले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले जनताको बलमा प्रतिनिधि सभा पुनःस्थापना हुने विश्वास व्यक्त गरे। उनले दुई उद्देश्य रहेको उल्लेख गर्दै भने, “पहिलो, प्रतिक्रान्तिलाई परास्त गरी जनआन्दोलन र जनशक्तिको बलमा प्रतिनिधि सभा पुनःस्थापना गर्ने; दोस्रो, जनताको शक्तिबाट संविधानलाई पुनः लयमा फर्काई देशलाई जनताद्वारा बनाइएको संविधानबाट शासित बनाउने।”
थापाले हालको राजनीतिक अवस्था अस्थिर र अराजक रहेको उल्लेख गर्दै संविधानले नचिनेका, जनताले नचिनेका व्यक्तिहरू प्रधानमन्त्री र मन्त्री बनेको टिप्पणी गरे।
कार्यक्रम नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको बताए।
संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि निकालिएको उक्त बृहत् सद्भाव ¥यालीमा जिल्लाका विभिन्न स्थानीय तहका नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण