देश जलेका बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ : शंकर पोखरेल
मङ्गलबार, ११ कात्तिक २०८२, ११ : ००
सारांश
- एमाले महासचिव शंकर पोखरेलले देश जलिरहेको बेला आरोप प्रत्यारोप नगर्न आग्रह गरे।
- उनले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक समूहको विरोध गर्न नसक्नेहरूले एमालेको नाम जोडेको बताए।
- पोखरेलले राष्ट्रद्रोही हिंसात्मक कार्यमा संलग्न सबैलाई कडा कारबाही गर्नुपर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेका बेला एकअर्कामा आरोप प्रत्यारोप गर्न छाडेर सत्य र न्यायको वकालत गर्नुपर्ने बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेको पनि बताएका छन् ।
‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् - सबैलाई कडा कारबाही गरौँ’, पोखरेलले लेखेका छन्,‘देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण