एनआरएनएद्वारा पुनर्निर्माण गरिएको ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
सारांश
- एनआरएनएले ट्राफिक प्रहरीको कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ।
- जेनजी आन्दोलनमा ध्वस्त पारेको रुम एनआरएनएका उपाध्यक्षले प्रहरीलाई हस्तान्तरण गरे।
- प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले एनआरएनएप्रति आभार व्यक्त गर्दै मातृभूमिलाई माया प्रदर्शन भएको बताए।
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ट्राफिक प्रहरीको कन्ट्रोल रुम पुनर्निर्माण गरेर हस्तान्तरण गरेको छ। जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेर ध्वस्त पारिएको रामशाह पथस्थित सो कन्ट्रोल रुम मंगललबार एक कार्यक्रमका बिच एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरे।
विपद्मा परेका बेला मातृभूमिलाई सहयोग गर्नुपर्ने दायित्व अन्तर्गत कन्ट्रोल रुम पुनर्निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए। उनले सो रुम दीर्घकालसम्म सञ्चालन हुने गरी पुनर्निर्माणको काम गरिएको जानकारी दिए।
श्रेष्ठले भने, ‘यस कन्ट्रोल रुममा केवल सुधारको पक्ष मात्रै होइन, दिगोपन, अपरेटरको सहजतालाई ध्यानमा राखेर निर्माण गरेका छौँ। यस परियोजनामा जडान भएका सबै उपकरणहरू दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको छ।’ उनले विश्वका विकसित सहरहरू जस्तै सिङ्गापुर, दुबई, लण्डनमा लागू भएका ‘स्मार्ट ट्राफिक प्रहरी म्यानेजमेन्ट सिष्टम’ नेपालमा पनि लागू गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले सो रुम पुनर्निर्माण गरिदिएकोमा एनआरएनएप्रति आभार व्यक्त गरे। उनले यो काम मातृभूमिप्रतिको माया प्रदर्शन भएको रूपमा लिएको बताए।
‘म गैरआवासीय नेपाली सङ्घलाई यो काम सम्पन्न गरिदिनुभएकोमा हृदयदेखि नै आभार व्यक्त गर्दछु। मुलुक बाहिर रहेर पनि मुलुकको अझ धेरै चासो र चिन्ता गर्नुभएको छ। यही भावका साथ यो मातृभूमिप्रतिको उहाँहरूको माया प्रदर्शन भएको रूपमा यो कार्यलाई लिएका छौँ,’ एआईजीपी कार्कीले भने।
सो कन्ट्रोल रुमबाट काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) को ट्राफिक व्यवस्थापनको काम हुने गर्दछ। पुनर्निर्माण कार्यले ट्राफिक व्यवस्थापनको काममा ठुलो सहजता प्राप्त भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
–न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण