१० खर्ब डलर भुक्तानी पाएनन् भने मस्कले छाड्लान् टेस्ला ?
सारांश
- टेस्लाका सीईओ एलन मस्कलाई १० खर्ब डलर भुक्तानी दिने प्रस्ताव अस्वीकृत भए उनले कम्पनी छाड्ने चेतावनी दिइएको छ।
- कम्पनीको सञ्चालक समितिले मस्कलाई कम्तिमा साढे सात वर्षसम्म नेतृत्वमा राख्न यो योजना बनाएको बताएको छ।
- मस्कले कृत्रिम बुद्धिमत्ता र स्वचालित प्रविधि विस्तारमा जोड दिँदै कम्पनीको बजार पुँजीकरण बढाउनुपर्ने शर्तहरू छन्।
वासिङ्टन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई १० खर्ब डलर भुक्तानी दिने प्रस्ताव कम्पनीको सञ्चालक समितिमा पुगेको छ । सो प्रस्ताव अस्वीकृत भयो भने मस्कले सीईओको रूपमा कम्पनी छाड्न सक्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष डेनहोल्मले सोमबार शेयर धनीहरूलाई पठाएको एक पत्रमा चेतावनी दिएकी छिन् ।
नोभेम्बर ६ मा कम्पनीको साधारण सभा बस्दैछ । रोयटर्समा छापिएको समाचारका अनुसार लगानीकर्ताहरूलाई लेखेको पत्रमा रोबिन डेनहोमले भनिन् कि प्रदर्शन–आधारित यो भुक्तानी योजना कम्तीमा अर्काे साढे सात वर्षसम्म मस्कलाई टेस्लाको नेतृत्वमा राख्नको लागि डिजाइन गरिएको थियो ।
कम्पनीको सफलता र भविष्यको लागि मस्कको नेतृत्व महत्त्वपूर्ण भएको उनले बताएकी छिन् । यो प्रोत्साहन प्याकेज पाएनन् भने मस्कले कम्पनी छाड्न सक्ने र कम्पनीले आफ्नो समय, प्रतिभा र ‘भिजन’ गुमाउन सक्ने उनको भनाइ छ । टेस्लाले कृत्रिम बुद्धिमत्ता (एआई) र स्वचालित प्रविधि विस्तार गर्ने लक्ष्य राखेकोले मस्कको योगदान महत्त्वपूर्ण रहेकोमा उनले जोड दिएकी छिन् ।
प्रस्तावित योजना अन्तर्गत कम्पनीको बजार पुँजीकरण ८५ खर्ब डलर पुर्याउनु पर्ने र स्वचालित ड्राइभिङ र रोबोटिक्समा पनि तोकिएको लक्ष्य हासिल गर्नु पर्ने जस्ता महत्त्वाकाङ्क्षी शर्तहरू पूरा गरेभने १२ किस्तामा १० खर्ब डलरको भुक्तानी पाउनेछन् । यो योजनाले कम्पनीको सफलता र शेयरधनीहरूले पाउने फाइदाका आधारमा मस्कलाई पुरस्कृत गर्नेछ । उनले लगानीकर्ताहरूलाई मस्कसँग लामो समयदेखि नजिकबाट काम गरेका तीन निर्देशकहरूलाई पुनः निर्वाचित गर्न आग्रह पनि गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण