पूर्वप्रधानमन्त्री ओलीलगायतको राहदानी रोक्का गर्ने निर्णयविरुद्ध रिट पेस
मङ्गलबार, ११ कात्तिक २०८२, १३ : ४४
सारांश
- गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अन्यलाई यात्रामा रोक लगाउने निर्णय गरेको थियो।
- अधिवक्ता प्रेमराज सिलवालले ओली, रमेश लेखक लगायतका व्यक्तिको राहदानी रोक्का गरेको विरुद्ध रिट दायर गरे।
- सर्वोच्च अदालतले रिट दर्ताको विषयमा अध्ययन गरिरहेको छ।
काठमाडौँ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत ५ जनालाई यात्रामा उपत्यका बाहिर जान रोक लगाउनेदेखि पासपोर्ट रोक्कासम्म गर्ने निर्णय गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट पेस भएको छ ।
अधिवक्ता प्रेमराज सिलवालले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हद तोकेकोविरुद्ध रिट अदालतमा पेस गरेका हुन् । रिट दर्ताको विषयमा अध्ययन गरिरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण