प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दर पक्ष : भण्डारी
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले लोकतन्त्रको सुन्दर पक्ष प्रतिस्पर्धात्मक प्रणालीबाट निर्वाचित भएर मुलुकमा सुशासन कायम गर्नु रहेको बताएका छन् ।
मंगलबार विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल दल दर्ता कार्यक्रममा बोल्दै भण्डारीले प्रतिस्पर्धात्मक प्रणालीमा प्रवेश गरेकोमा स्वागत गरे ।
‘लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन वा स्वच्छ प्रतिस्पर्धात्मक प्रणालीबाट निर्वाचित भएर मुलुकमा सुशासन कायम गर्ने पद्धतिलाई मानिन्छ । कानुनको दायरा भित्र रहेर प्रतिस्पर्धा गर्न दल दर्ता गर्न आउनुभयो यहाँलाई स्वागत छ’, उनले भने ।
फागुन २१ गते घोषणा भएको निर्वाचन आवधिक नभई परिस्थितिले उब्जिएको निर्वाचन भएकाले अलिकति त्रुटि भए पनि बिथोलिन सक्नेतर्फ उनले ध्यानाकर्षण गराए ।
भण्डारीले आयोगमा अहिलेसम्म दर्ता गरेको कम्युनिस्ट पार्टीहरूमा नेपाल कम्युनिस्ट पार्टीपछि केही रहने भए पनि कम्युनिस्ट पार्टी नेपाल दर्ता पहिलो हुनसक्ने बताए ।
‘अहिलेसम्म दर्ता हुँदै आएको पार्टीमा नेपाल कम्युनिस्ट पार्टी, क, ख, ग केही हुन्थ्यो । यो ठ्याक्कै कम्युनिस्ट पार्टी नेपाल भनेर आएको सायद पहिलो हुनसक्छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण