नुवाकोटका किसान बर्सातकैबिचमा धान भित्र्याउन व्यस्त
नुवाकोट । यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको सिमसिमे वर्षाकाबिच पनि आज किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन् ।
चाडपर्वका कारण पाकिसकेको धान समयमा नै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएको र अझ ढिला गर्दा थप क्षति हुने चिन्ताले किसान वर्षालाई बेवास्ता गर्दै हतार–हतार धान भित्र्याउन व्यस्त भएका छन् ।
कतिपय ठाउँमा काटिसकेको धान सुरक्षित गर्न समस्या भएको छ भने भिजेको धान चिसोका कारण बिग्रन सक्ने भन्दै किसानले चिन्ता जनाएका छन् ।
अहिले भित्र्याएको धान चिसो हुने भएकाले घाम लागेपछि सुकाएर बिग्रनबाट जोगाउन सकिने कृषि विकास कार्यालयका प्रमुख केशव खनालको सुझाव छ ।
यसअघि कृषि कार्यालयले आजदेखि वर्षा हुनसक्ने सम्भावना औँल्याउँदै धान काट्नलाई हतार नगर्न आग्रह गरेको थियो ।
पाकिसकेको बाली भित्र्याउन ढिलो भएको भन्दै कृषि कार्यालयको सुझावको प्रवाह नगरी यहाँका किसान धान भित्र्याउन व्यस्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण