कुस्ती खेलको संरक्षण र स्थानीय खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्छ : पूर्वमन्त्री यादव
पर्सा । जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्व खानेपानीमन्त्री प्रदीप यादवले परम्परागत खेल विशेष गरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रवर्द्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने बताएका छन् ।
वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै यादवले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
‘कुस्ती हाम्रो इतिहास, संस्कार र शारीरिक क्षमताको प्रतीक हो । यसले युवामा अनुशासन, साहस, आत्मविश्वास र खेल भावनाको विकास गराउँछ’ पूर्वमन्त्री यादवले भने,‘यस्ता खेललाई संरक्षण गर्नु भनेको हाम्रो मौलिक संस्कृति र पहिचानलाई जोगाउनु हो ।’
पूर्वमन्त्री यादवले स्थानीय तह, जनप्रतिनिधि, खेलकुद सङ्घसंस्था र समुदायबिच सहकार्यको आवश्यकता औँल्याउँदै स्थानीय खेलाडीहरूलाई उचित अवसर, प्रशिक्षण र प्रोत्साहन प्रदान गर्न सकेमात्र नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि कुस्तीमा उल्लेखनीय सफलता हासिल गर्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग
-
सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
-
५७ वर्षे नेविसंघको आयु कति ?
-
अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण