‘वरिष्ठ बलराम’ ले ५ दिनमा कति कमायाे ?
काठमाडौँ । चलचित्र ‘वरिष्ठ बलराम’ले ५ दिनमा दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माण युनिटले मङ्गलबार चलचित्रको आम्दानी सार्वजनिक गर्दै ग्रसकलेक्सन जानकारी गराएको हो ।
कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको फिल्मले१० गतेसम्म दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए ।
चलचित्रको बक्सअफिस रिपोट भने सार्वजनिक भएको छैन । चलचित्रको भावनात्मक सम्बन्ध र स्थानीयस्तरमा हुने दादागिरीलाई दर्शकले मन पराइरहेको तामाङको भनाई रहेको छ ।
दयाहाङ राई र विजय बराललाई फरक तवरबाट देखाइएको चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको चलचित्रमा दयाहाङ र विजयको अलवा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण