कर्णाली प्रदेश सभा पुनर्निर्माणमा मुख्यमन्त्रीको जोड
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रदेश सभा भवनको तत्काल पुनर्निर्माण कार्य सुरु गर्न निर्देशन दिएका छन् ।
प्रदेशको गौरव र राज्यको प्रतिष्ठासँग जोडिएको महत्त्वपूर्ण संरचनालाई लामो समयसम्म जीर्ण अवस्थामा राख्न नहुने भन्दै उनले शीघ्र मर्मत तथा सरसफाइ अभियान चलाउन जोड दिएका हुन् ।
मंगलबार प्रदेश सभाका सभामुख नन्दा गुरुङ र प्रदेश सभा सचिव जीवराज बुढाथोकीसँग प्रदेश सभा परिसरमा भएको भेटघाटका क्रममा कँडेलले हल बाहेकका अन्य संरचनाको पुनर्निर्माण कार्य नियमित बजेटबाटै थाल्न सुझाव दिए ।
उनले भने, 'बजेटको अभावलाई कारण बनाएर काम रोक्ने बेला छैन । तत्काल काम सुरु गर्नुहोस्, आवश्यकता परे प्रदेश सरकारले थप बजेटको व्यवस्था गर्छ ।’
मुख्यमन्त्री कँडेलले सुरुवाती चरणमा आवश्यक आधारभूत व्यवस्थापनहरू जस्तै प्लास्टिकका कुर्सीको प्रबन्ध, सामान्य सरसफाइ लगायतका काम १० दिनभित्र सम्पन्न गरी प्रशासनिक भवनको व्यवस्थापन मिलाउन निर्देशन दिए ।
गत भदौ २४ गतेको आन्दोलनपश्चात् करिब ५० दिन बितिसक्दा पनि प्रदेश सभा परिसरमा सरसफाइ र पुनर्संरचनाको काम सुरु नभएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।
'कर्मचारीहरू हुनुहुन्छ, तर ढलेका बोर्डहरू, फोहोर र क्षतिग्रस्त वस्तुहरू उठाउने काममा पनि ध्यान पुगेको छैन,’ उनले भने, ’अब सबैले परिस्थिति सामान्य बनाउन अग्रसर हुनुपर्छ ।'
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको प्राथमिकतामा प्रदेश सभा भवनको पुनर्निर्माण, प्रशासनिक सेवाको सहजता र सभाको नियमित बैठक सञ्चालन सुनिश्चित गर्ने विषयहरू रहेको बताए ।
सभामुख गुरुङ र सचिव बुढाथोकीले मुख्यमन्त्रीको निर्देशनबमोजिम भवन पुनर्निर्माणका लागि आवश्यक सहयोग र प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जेनजी आन्दाेलनका क्रममा प्रदेश सभालाई पूर्ण रूपमा ध्वस्त पारिएको छ। प्रदेश सभाका अनुसार, आन्दोलनबाट सभाको झण्डै चार करोड आर्थिक क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण