निर्वाचन पर्यवेक्षणका लागि निवेदन दिन आयोगको आह्वान
काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाहरूलाई निवेदन पेस गर्न आह्वान गरिएकाे छ ।
मंगलबार निर्वाचन आयाेगले एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई निवेदन पेस गर्न आह्वान गरेकाे छ ।
पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा र अन्य जिल्लाहरूको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा कात्तिक २६ गतेभित्र निवेदन दिन सक्नेछन् ।
अन्तर्राष्ट्रिय संस्थाहरूले पर्यवेक्षण अनुमतिको लागि निवेदन दिँदा [email protected] मार्फत सन् २०२५ नोभेम्बर १२ भित्र निवेदन दिन सक्नेछन्। निवेदनको नमुना www.election.gov.np बाट डाउनलोड गर्न सकिने आयाेगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । 
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण