ज्यान मार्ने उद्योगका नौ आरोपित पक्राउ
सारांश
- सुर्खेत प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न नौ जनालाई पक्राउ गरेको छ।
- देउसी भैलो खेल्ने क्रममा झगडा र उच्छृङ्खल गतिविधिमा संलग्न रहेको आरोप छ।
- घाइते बनाएर फरार भएका व्यक्तिहरूलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको हो।
कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका नौ आरोपित व्यक्तिलाई पक्राउ गरेको छ ।
देउसी भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि तथा झैझगडा गरी ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा नौ व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय उत्सव पुनमगर, १८ वर्षे चाहिन गुरुङ, २१ वर्षीय विक्रान्त गुरुङ, वडा–९ लाटीकोइलीका १८ वर्षीय हेमराज रोकाय, १८ वर्षीय सीमान्त पन्त, समीर खत्री, सन्देश रावल, रौनक बाह्रघरे र किरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।
उनका अनुसार आरोपित पुनमगरसहितले यही कात्तिक ६ गते राति १ः३० बजेको वीरेन्द्रनगर नगरपालिका १० नयाँ घुस्रास्थित सार्वजनिक सडकमा देउसी भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि तथा झैझगडा गरी बाटो छेकी पीडितलाई ज्यान मार्ने उद्देश्य राखी कुटपिट गरी सक्त घाइते बनाएर फरार भएका थिए ।
फरार मगरसहित नौ जनालाई वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण