दल दर्ताको निवेदनपछि विप्लवले भने– चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ
बुधबार, १२ कात्तिक २०८२, ०९ : ५१
सारांश
- विप्लवले चुनाव, संसद र सरकारलाई हेर्ने दृष्टिकोण बदल्दै चुनावी मोर्चामा जाने बताएका छन्।
- विप्लवको पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
- उनले देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेकपाका महसचिव नेत्रविक्रम चन्द विप्लवले चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर चुनावी मोर्चामा डट्ने पहल गरेको बताएका छन् । विप्लवको पार्टीले मंगलबार मात्र दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
बुधबार बिहान विप्लवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एकीकृत जनक्रान्तिको स्कुल अनुरूप समग्र संघर्षको मोर्चाका रूपमा आत्मसात् गर्दै पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा डट्ने पहल गरेका छौ ।’
उनले नयाँ स्कुल अनुरूप सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्दै देशको स्वाधीनता नेपाली विशेषताको समाजवाद, जनताको विशेषतः युवाहरूको शिक्षा,रोजगारीका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण