बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

बुधबार, १२ कात्तिक २०८२, ०९ : ५४
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • उत्तर कोरियाले अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरिया आउनुअघि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ।
  • उत्तर कोरियाले सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ।
  • ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङसँग भेट गर्नेछन्, व्यापार सम्झौताका लागि दबाब छ।

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया आइपुग्नुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । ट्रम्प एसिया प्रशान्त आर्थिक सहयोग बैठकमा भाग लिन दक्षिण कोरिया जाँदैछन् । 

सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी उत्तर कोरियाले गरेको छ । बीबीसी दक्षिण कोरिया संवाददाता जेक क्वोनका अनुसार यो परीक्षण उत्तर कोरियाको आणविक हतियारलाई वैध बनाउने सानो प्रतीकात्मक प्रयास मानिएको छ ।

दक्षिण कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार क्षेप्यास्त्रहरू ठाडो पारेर आकाशतिर प्रहार गरिएका थिए र लगभग ७ हजार ८०० सेकेन्डसम्म हावामा रहेका थिए । दक्षिण कोरियाको भ्रमणको क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने अफवाह सुन्नमा आएको भएपनि अहिलेसम्म यसको कुनै संकेत पाइएको छैन । 

ट्रम्पले बुधबार दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङसँग भेट गर्नेछन् । दक्षिण कोरिया अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिनु पर्ने दबाबमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप