जताततै बदली, पानी र हिमपात : जोमसोममा तापक्रम शून्य डिग्रीसम्म पुग्ने
सारांश
- देशभर पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले बदली रहनेछ।
- जोमसोममा शून्य डिग्री र विराटनगरमा ३१ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ।
- चक्रवात 'मोन्था' नेपालको मध्य भू-भाग नजिकै आइपुगेको र यसले प्रदेशहरूमा वर्षा गराउने सम्भावना छ।
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशभर साधारणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जोमसोममा शून्य डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने सबैभन्दा बढी तापक्रम विराटनगरमा ३१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ।
देशका धेरैजसो सहरहरूमा पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरी कमजोर हुँदै उत्तर-उत्तरपश्चिम दिशामा सर्दै नेपालको मध्य भू-भाग नजिक आइपुगेको छ। यो न्यून चापीय क्षेत्रका रूपमा पूर्वतर्फ सर्ने क्रममा बुधबार रातिदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म नेपालको लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती, मधेस र कोशी प्रदेशको मौसमलाई प्रभावित पार्ने देखिएको छ। यसबाट यी प्रदेशहरूमा थप वर्षा र मौसमी गडबडी हुन सक्ने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण