विभिन्न जिल्लाबाट लागूऔषधसहित ९ जना पक्राउ
सारांश
- विभिन्न जिल्लाहरूबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन्।
- काठमाडौँ, कैलाली, कञ्चनपुर लगायतका स्थानबाट ब्राउनसुगर र चरेससहित उनीहरू पक्राउ परेका हुन्।
- प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । विभिन्न जिल्लाबाट लागू औषधसहित ९ जना पक्राउ परेका छन् । काठमाडौँ, कैलाली, कञ्चनपुर लगायतका जिल्लाबाट ९ जना पक्राउ परेका हुन् ।
काठमाडौँ महानगरपालिका–१६ माछापोखरी चोकबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय २० मिलिग्राम र नगद २५ हजार रुपैयाँसहित काठमाडौँ नयाँ बसपार्क बस्ने काभ्रे रोशी गाउँपालिका–१० घर भएका २९ वर्षीय रामबहादुर दुलाललाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा कटानबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीय आकाश चौधरी समेत २ जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ५ ग्रामसहित २ जनालाई मङ्गलवार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–२ बङ्क बस्ने २६ वर्षीय प्रदीप ऐरी र बेदकोट नगरपालिका–२ जडेपानी बस्ने २९ वर्षीय जनक बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बागमती प्रदेश–०२–०५० प ७३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–३ बाट चरेसजस्तो देखिने पदार्थ ८४ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश डगौरालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै झापाको गौरीगंज गाउँपालिका–५ फत्तेपुर बोडरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–३ बस्ने २७ वर्षीय निमा
दोर्जी तामाङ र ३८ वर्षीय सुकबहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण