प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठायो : माधव नेपाल
सारांश
- माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताए।
- उनले प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको बताए।
- नेपालले पार्टीलाई चुनावको तयारीमा जुट्न र राम्रो परिणाम ल्याउन निर्देशन दिए।
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्।
बुधबारदेखि काठमाडौँमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले सरकार टिक्छ भन्ने कुरामा प्रश्न उठाएको टिप्पणी गरे।
प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न उठेको अध्यक्ष नेपालको जिकिर थियो। अध्यक्ष नेपालले लोकतन्त्र, गणतन्त्र र मुलुकको हितमा केन्द्रित भएर वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ रहने स्पष्ट पारे।
उनले भने, ‘अब चुनावमा जाने बाहेक विकल्प छैन। चुनाव सम्भव होला, चुनाव गराउन यो सरकारले सक्ला? प्रश्न गम्भीर रूपमा उठेको छ। प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतीको सामना पनि गर्छु भनिरहेको सुनिन्छ, तर दिक्दारी पनि बेला बखतमा पोख्ने गरेको देखिन्छ। यही सरकार रहिरहन्छ कि के हुन्छ भन्ने प्रश्न पनि उठेका छन्।’
नेपालले यी सबै अवस्थामा आफ्नो पार्टीको ध्यान देशको सार्वभौमसत्ताको रक्षा कसरी गर्ने, विदेशीहरूको खेलमैदानबाट देशलाई जोगाउने कसरी, संविधान र गणतन्त्रको रक्षा गर्ने कसरी तथा सहज राजनीतिक परिस्थिति सिर्जना गर्ने कसरी भन्नेमा केन्द्रित रहेको बताए।
उनले पवित्र उद्देश्यका साथ सरकार अघि बढ्छ भने आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। यसै सन्दर्भमा उनले चुनावको तयारीमा जुट्नुपर्ने र राम्रो परिणाम ल्याउने आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न र राम्रो परिणाम ल्याउने गरी लाग्न निर्देशन दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण