भारतसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल
बुधबार, १२ कात्तिक २०८२, १४ : १६
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार भारतसँग प्रतिस्पर्धा गर्दै छ । मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ भारतको सिक्किमस्थित पाल्जोर रङ्गशालामा नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ ।
फिफा मान्यता प्राप्त नगरेको यो खेलमा नेपाली टोली भारतमाथि दोस्रो जित निकाल्ने योजनामा हुनेछ । नेपाली टोलीको लक्ष्य भने आजको खेलमा २३ जना खेलाडीलाई नै मैदानमा खेलाउने रहेको छ । मुख्य प्रशिक्षक नविन न्यौपानेले खेललाई सिलेक्सन म्याचका रूपमा लिएको बताए ।
नेपाली टोलीले दुई दिनअघि सिलोङमा सम्पन्न त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा भारतलाई २–१ गोल अन्तरले हराएको थियो ।
नेपाल, भारत र इरानले प्रतिस्पर्धा गरेको प्रतियोगितामा नेपाल इरानसँग ३–० ले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण