बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक

अशोक दर्जीको सङ्घर्षको कथा
बुधबार, १२ कात्तिक २०८२, १४ : २३
बुधबार, १२ कात्तिक २०८२

काठमाडौँ । बाल गायकको रूपमा चर्चित अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा अशोकको सङ्घर्ष देखाउन खोजिएको छ । 

ट्रेलरमा गायकको रूपमा स्टार भैसकेका व्यक्तिको लागि पनि शिक्षा आवश्यक छ भनेर देखाउन खोजिएको छ । ट्रेलरले फिल्म प्रति दर्शकको कौतुहलता जगाउन सफल छ । 

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म आगामी २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

‘कथा जिरोदेखि हिरोसम्म’ ट्यागलाइन दिइएको फिल्ममा अशोकका अलावा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल र विजय डङ्गोल लगायतका कलाकारको अभिनय छ ।

अशोकले ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीतबाट नै आफ्नो जीवन परिवर्तन गरेका थिए । हाल उनी काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन् । सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रको कथा टंक बुढाथोकीले लेखेका हुन् । चलचित्रको पटकथा र संवाद शिवम अधिकारीको छ ।

चलचित्रकी निर्माता विष्णु माया मैनाली हुन् भने कार्यकारी निर्माता सपना शर्मा रहेकी छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माताका रूपमा छन् ।

चलचित्रमा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन छ ।

चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप