नेप्से परिसूचक घट्यो, होटल र ट्रेडिङ क्षेत्रमा भने उत्साह
सारांश
- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा पुग्यो।
- आजको बजारमा ५ अर्ब ४५ करोडको कारोबार हुँदा ८५ कम्पनीको मूल्य बढेको छ।
- खानीखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढ्दा ज्योति विकास बैंकको डिबेञ्चर सबैभन्दा धेरै घट्यो।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । बुधबार बजार परिसूचक ५.१७ अंकले घटेको हो । योसँगै परिसूचक २५६६.१६ विन्दुमा पुगेको छ । बजारमा आज ५ अर्ब ४५ करोडको कारोबार भएको छ ।
बजारमा आज ८५ कम्पनीको मूल्य बढेको छ । १५९ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज चार समूहका सूचक बढ्दा बाँकी ९ समूह घटेका छन् । सबैभन्दा धेरै होटल र ट्रेडिङ क्षेत्र २ प्रतिशत भन्दा धेरैले बढ्दा अन्य समूहमा सबैभन्दा धेरै गिरावट देखिएको हो ।
बजारमा आज खानीखोला जलविद्युतको मूल्य १० प्रतिशत र उपकार लघुवित्त र मानुषी लघुवित्तको ९.९० प्रतिशत भन्दा धेरैले बढेको छ । ज्योति विकास बैंकको डिवेञ्चर ५.६६ प्रतिशत सहित सबैभन्दा धेरै घट्ने स्क्रिप बनेको छ ।
कारोबारका आधारमा युनियन हाइड्रोपावर, एनआरएन इन्फास्ट्रक्चर, बुटवल पावर कम्पनी र राधी जलविद्युत् अगाडि छन् । यी प्रत्येकको कारोबार २० करोडभन्दा माथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण