मुस्ताङ र म्याग्दीको बिच भागमा फसेका पर्यटकको उद्धारमा खटियो सुरक्षा टोली
सारांश
- हिमपातका कारण मुस्ताङ आउँदै गरेका १५ जना पर्यटकको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
- पर्यटकहरु मुस्ताङ र म्याग्दीको सीमानामा फसेका थिए, र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
- सशस्त्र प्रहरीले मुस्ताङमा स्वास्थ्य परीक्षण गरेको छ भने मनाङमा बाटो खुलाएको छ।
काठमाडौँ । हिमपातका कारण म्याग्दीको धौलागिरी सर्किट हुँदै मुस्ताङ आउँदै गरेका पर्यटकको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।
मुस्ताङ र म्याग्दीको सीमानामा ३ जना स्वदेशी र १२ जना विदेशी पर्यटक गरी १५ जना हिमपातको कारण फसेको भन्ने ट्राभल्स एजेन्सीद्धारा सुरक्षा निकायलाई जानकारी गराएपश्चात उनीहरुको उद्धारको लागि टोली खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनीहरुको उद्धारका लागि त्यसठाउँमा पुग्न सुरक्षा टोली मुस्ताङ्गको सदरमुकामदेखि झण्डै एक दिन पैदल हिड्नुपर्ने बताइईएको छ । उनीहरुको अवस्था भने अहिलेसम्म सामान्य रहेको जानकारी प्राप्त भएको थापाले बताए ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ्गले २ सय ५० जनाको निःशुल्क परिक्षण गरेको छ । जसमा ९० जना महिला र ६० जना पुरुषको अक्सिजन लेभल र ६० जना महिला र ४० जना पुरुषको रक्तचाप परिक्षण गरिएको हो । उनीहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको हो ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङ्ले हिउँको कारण माथिल्लो मनाङदेखि थाङसासम्मको करीव ८ किलोमिटर अवरुद्ध बाटो हिउँ पन्छाई सुचारु गरेको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण