ट्रङ्कलाइन विवाद : संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले उद्योगहरूको बिजुली बन्दबारे वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरे।
- विद्युत् आपूर्ति बन्द भएपछि उद्योग बन्द र श्रमिक बेरोजगार भएको भन्दै उनले समस्या समाधानको लागि जोड दिए।
- मुख्यमन्त्रीले संघीय सरकारलाई प्राधिकरण र उद्योगीबीच संवाद गराई समस्याको दिगो समाधान खोज्न आग्रह गरे।
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेका भन्दै उहाँले उक्त समस्या समाधानका लागि सरोकार भएकाबिच वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्घीय सरकारले अभिभावकको भूमिकामा रही नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबीच संवाद र सहकार्य गरी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
उनले उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिए । विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवर्द्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण