काठमाडौँको ढल्कुबाट चाइनिज पेस्तोलसहित दुई युवक पक्राउ
सारांश
- काठमाडौं प्रहरीले हतियारसहित दुई युवकलाई पक्राउ गरेको छ।
- पक्राउ परेका युवकले इचङ्गुनारायण मन्दिर क्षेत्रमा हतियार देखाएर आतंक फैलाएका थिए।
- प्रहरीले उनीहरुको साथबाट चाइनिज पेस्तोल, म्याग्जिन र गोली बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँ प्रहरीले हतियारसहित दुई युवकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका १८ ढल्कुबाट नुवाकोटकाे लिखु गाउँपालिका- ६ घर भई हाल नयाँबजार बस्ने समीर श्रेष्ठ र काभ्रेपलान्चोक पनौती नगरपालिका-१० घर भई क्षेत्रपाटी बस्ने एलेक्स नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले काठमाडौँको इचङ्गुनारायण मन्दिर एरियामा हतियार देखाई सर्वसाधारणमा आतङ्क सिर्जना गरेको प्रहरीकाे भनाई छ । सोही सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मङ्गलवार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूबाट चाइनिज पेस्तोल र सोही पेस्तोलको खाली म्याग्जिन १ थान र ३११–२३ लेखिएको १२ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठ र नेपालीमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान अघि बढाइएकाे प्रहरीले बताएकाे छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण