अमेरिका–दक्षिण कोरियाबिच नयाँ व्यापार सम्झौता, ट्यारिफ घटाउने सहमति
काठमाडौँ । अमेरिका र दक्षिण कोरियाबिच नयाँ व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सप्ताह व्यापी एसिया भ्रमणको क्रममा यो सम्झौता भएको हो ।
दुई देशका नेताहरूबिच छलफलपछि बृहत् सम्झौतामा पुगिएको बताइएको छ । यस अघि सहमति भएअनुसार पारस्परिक ट्यारिफ (अतिरिक्त भन्सार महसुल) घटाएर १५ प्रतिशतमा झार्न दुवै पक्ष सहमत भएको दक्षिण कोरियाका राष्ट्रपतिका सहयोगी किम योङ बियोमले भनेका छन् । तर कार र यसका पार्टपूर्जामा लगाइएको ट्यारिफ भने कम नहुने बताइएको छ ।
दक्षिण कोरियाले अमेरिकामा ३ खर्ब ५० अर्ब डलर लगानी गर्नेछ । यसमा २ खर्ब भने नगद लगानी हुने बताइएको छ । सम्झौतालाई धेरै हदसम्म अन्तिम रूप दिइएको छलफलपछि आयोजना गरिएको भोजमा ट्रम्पले बताए । छलफल झन्डै २ घण्टासम्म चलेको थियो ।
‘आज हामीले दक्षिण कोरियासँग ठुलो बैठक गर्यौ । धेरै कुरा निर्धारण भएका छन्, राष्ट्रिय सुरक्षा लगायतका विषयमा पनि हामी महत्त्वपूर्ण निष्कर्षमा पुगेका छौँ,’ रात्रीभोजपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भने ।
वार्ताअघि दुवै देशले तत्काल ठुलो सफलता नआउने सङ्केत दिएका थिए । तर अन्त्यमा ट्यारिफ दर र लगानीबारे सहमति भएपछि दक्षिण कोरियाका इलेक्ट्रोनिक्स, चिप र अटो उद्योगहरूमा केही राहतको वातावरण बनेको छ ।
यसअघि ट्रम्प प्रशासनले दक्षिण कोरियाबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्मको कर लगाएको थियो । तर राष्ट्रपति ली जे म्युङले वार्तामार्फत त्यसलाई १५ प्रतिशतमा घटाउन सफल भए ।
शर्तका रूपमा सियोलले अमेरिकामा ३५० अर्ब डलर लगानी गर्ने र १०० अर्ब डलर बराबरको तरल प्राकृतिक ग्यास खरिद गर्ने वाचा गरेको थियो । तर पछि ह्वाइट हाउसले व्यापार सम्झौतामा थप नगद लगानीको माग गर्दै वार्तालाई कडा पारिदियो ।
अमेरिका र दक्षिण कोरिया ऐतिहासिक रूपमा एकअर्काका घनिष्ठ सहयोगी मानिँदै आएका छन् । तर गत महिना अमेरिकामा भएको अध्यागमनमा छापामारी सयौँ दक्षिण कोरियाली नागरिक पक्राउ परेपछि दुई देशबिचको सम्बन्ध केही तनावपूर्ण बनेको थियो । नयाँ व्यापार सम्झौताले ती सम्बन्धहरूलाई पुनः सन्तुलनमा ल्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण