मधेसका मुख्यमन्त्रीले २२ गते विश्वासको मत लिने
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिने मिति तय भएको हो ।
मुख्यमन्त्री सोनलले सत्तारुढ गठबन्धनको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसँग पनि विश्वासको मतका लागि आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
उनले सत्तारुढ गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसमेत समावेश भएको बताए ।
गत असोज २९ गते जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ५५ जना सांसदको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सत्तारुढ गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यसबाहेक साना दुई दलसमेत गठबन्धनमा सामेल भएसँगै मुख्यमन्त्री सोनललाई विश्वासको मतका लागि सहज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण