स्वास्थ्यकर्मीहरूलाई न्यूनतम तलब समेत नदिइनु लज्जाको विषय : इन्सेक
काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आन्दोलनरत नर्सहरूसँग संवाद गरी समस्याको दिगो समाधान खोज्न सरकार र अस्पताल सञ्चालकहरूलाई आग्रह गरेको छ ।
नेपाल सरकारले २०८१ मङ्सिरमा निजी अस्पतालमा कार्यरत नर्सहरूलाई सरकारी पाँचौँ तहले पाउने तलब ३४ हजार ७ सय ३० रूपैयाँ दिन निर्देशन दिएको थियो । तर, आन्दोलनरत नर्सहरूले भने निजी अस्पतालहरूले उक्त निर्देशनको अवज्ञा गरेको गुनासो गरेका छन् ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार इन्सेकले नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित तलब, समान अवसर, सामाजिक सुरक्षा र सुरक्षित कार्य वातावरणको हक सुनिश्चित गरेको स्मरण गराएको छ । श्रम ऐन, २०७४ र न्यूनतम तलब निर्धारण आदेश, २०८१ अनुसार निजी अस्पतालसहित सबै रोजगारदाताहरूले सरकारद्वारा तोकिएको न्यूनतम तलब लागू गर्नुपर्ने कानुनी व्यवस्था छ ।
विज्ञप्तिमा भनिएको छ, ‘धेरै निजी अस्पतालहरूले यो कानुनी दायित्व पूरा गरेका छैनन् । यो विषय श्रम अधिकारको हनन मात्र होइन, मानव मर्यादामाथिको अपमान पनि हो । संवेदनशील र कठिन जिम्मेवारी पूरा गर्ने स्वास्थ्यकर्मीहरूलाई न्यूनतम तलब समेत नदिइनु राज्य र समाज दुवैका लागि लज्जाको विषय हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट
-
लागुऔषधसहित २५ जना पक्राउ
-
अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
-
अर्थतन्त्रमा लघु, साना तथा मझौला उद्योगको योगदान ९९ प्रतिशत, प्राथमिकता दिन सांसद अनुष्का श्रेष्ठको जोड
-
एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण
-
३० वर्षमाथिका सैनिकको टेस्टोस्टेरोन परीक्षण गर्दै अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण