अपडेट
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसद्वारा राजीनामा
बिहीबार, १३ कात्तिक २०८२, १४ : १२
सारांश
- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्।
- एन्फाले उनको राजीनामा स्वीकृत गरेको छ, तर राजीनामाको कारण खुलाइएको छैन।
- रस गत फागुनमा मात्रै नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनको राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ । एन्फा महासचिव किरण राईले मुख्य प्रशिक्षक रसले तीन दिनअघि नै राजीनामा दिएको रातोपाटीलाई जानकारी दिएका हुन् ।
राईका अनुसार रसले राजीनामा दिनुको कारण खुलाएका छैनन् । उनले एन्फाको कारणले राजीनामा नदिएको समेत स्पष्ट पारेका छन् ।
अस्ट्रेलियन प्रशिक्षक रस गत फागुनमा मात्रै नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । यसरी उनको कार्यकाल निकै छोटो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण