न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्था खलबल्याउने षडयन्त्र : शंकर पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनको नाममा न्यायालयमाथि आक्रमण भएको बताए।
- पोखरेलले जेन-जी आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्र विरोधी तत्वको घुसपैठ भएको आरोप लगाए।
- उनले वर्तमान सरकार एनजीओ र आइएनजीओको भएको र चुनावमा त्रास फैलाउने बताए।
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन–जी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी दाङले बिहीबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको भन्दै नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरेका हुन् ।
‘जेन–जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुँदैन पनि आक्रमण गरेर कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भयो’, पोखरेलको भनाइ छ । उनले जेन–जी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्र विरोधी स्वार्थी तत्त्वको घुसपैठ भएको बताए ।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजीओ र आइएनजीओको भएको समेत दाबी गरे । सरकारले गैह्र सरकारी संस्थालाई जेन–जी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको पोखरेलको भनाइ छ ।
आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण