‘परान’को खुल्यो बुकिङ, पारिवारिक दर्शक तान्ने अपेक्षा
सारांश
- शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'परान'को बुकिङ खुलेको छ।
- गोल्छा समूह र प्रिज्मा एड्भर्टाइजिङको निर्माण रहेको फिल्म देशभर प्रदर्शन हुनेछ।
- दीपक प्रसाद आचार्यको निर्देशन रहेको फिल्ममा नीर शाह मुख्य भूमिकामा छन्।
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परान’को बुकिङ खुला भएको छ । व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको निर्माण रहेको फिल्म देशभरबाट प्रदर्शनमा आउदैछ ।
बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको छ । आज साँझ अबेरसम्म केही थप शोहरू जोडिने सम्भावना छ ।
भावनात्मक पारिवारिक कथानक बोकेको यो फिल्म नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठुलो संख्यामा आकर्षित गर्ने देखिन्छ । दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको फिल्ममा वरिष्ठ अभिनेता नीर शाहलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ ।
फिल्ममा शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण