बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चिनियाँ इन्टरनेटमा ट्रेन्डिङमा छ सीसँग ट्रम्पको भेट

बिहीबार, १३ कात्तिक २०८२, १२ : ४८
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङको भेटवार्ता दक्षिण कोरियामा भयो, जसलाई विश्वभरबाट चासोका साथ हेरियो।
  • भेटमा सीसँग हात मिलाउँदा लाखौं चिनियाँ इन्टरनेट प्रयोगकर्ताले हेरे, र सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो पोस्ट गरे।
  • भेटवार्तामा व्यापार सम्झौता र दुई देशबीचको सम्बन्ध सुधारबारे छलफल भएको थियो, तर कुनै आधिकारिक विज्ञप्ति जारी भएन।

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच दक्षिण कोरियामा भएको भेटघाटलाई विश्वभरबाट चासोको रूपमा हेरिएको छ । भेटका क्रममा ट्रम्पले सीसँग हात मिलाउँदा लाखौं चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूले नजिकबाट हेरिरहेका थिए । 

सो क्षणका तस्बिर र भिडियोलाई धेरैले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा पोस्ट पनि गरेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्सजस्तै देखिने चिनियाँ वेबसाइट वेइबोमा यी दुईबिचको भेटघाट ट्रेन्डिङको सबैभन्दा माथि छ ।

यो भेटको भिडियोमा २५ करोड भन्दा धेरै भ्यूज प्राप्त भएको छ । ‘चीन र अमेरिकाबिचको सद्भावले विश्वव्यापी समृद्धितर्फ डोर्याउँछ’ एक जना प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले बैठकलाई ऐतिहासिक क्षण भनेर वर्णन गरेका छन् ।

 अमेरिका र चीनले एक अर्काको देशबाट आउने सामानमाथि आफ्नो भन्सारमा लगाएको आकासिँदो महसुलले यी दुई अर्थतन्त्रलाई मात्रै नभएर विश्वव्यापी अर्थतन्त्रमा असर पारेको छ । धेरैले ट्रम्प र सीको भेटलाई दुई नेताले दुई देशबिचको भत्किएको सम्बन्धलाई स्थिर बनाउन सक्छन् कि भनेर हेरिरहेका थिए । 

यद्यपि, बैठक पछि दुवैले कुनै टिप्पणी गरेनन् । कुनै पनि पक्षले विज्ञप्ति जारी गरेको छैन । यद्यपि, ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग बोल्ने क्रममा बैठकबारे सकारात्मक कुरा गरे । व्यापार सम्झौतामा पुगिएको र यसमा चाँडै हस्ताक्षर हुनसक्ने उनको भनाइ थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप