खड्काले गरे महामन्त्रीद्वय थापा र शर्मासँग टेलिफोन संवाद
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापतिले पार्टी बैठकको एजेन्डाबारे महामन्त्रीहरूसँग टेलिफोनमा कुराकानी गरेका छन्।
- कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद छ, र मिति पनि फरक-फरक प्रस्ताव छन्।
- महामन्त्रीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएपछि कार्यवाहक सभापतिले उनीहरूसँग कुरा गरेका हुन्।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाका विषयमा महामन्त्रीद्वयसँग टेलिफोन संवाद गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग टेलिफोनमा संवाद गरेका हुन् ।
कार्यवाहक सभापति खड्काका स्वकीय सचिव गौतम विसीले दुई महामन्त्रीसँग टेलिफोनमा कुरा भएको पुष्टि गरे । ‘दुई महामन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभएको हो,’ विसीले रातोपाटीसँग भने– ‘के विषयमा कुराकानी भयो भन्ने जानकारी भएन ।’
कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद छ । नियमित महाधिवेशनको पनि मितिमा विवाद छ । संस्थापनले नियमित महाधिवेशन आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने बताइरहेको रहेको छ ।
इतर समूहले नियमित महाधिवेशन मङ्सिरमा गर्नुपर्ने बताइरहेको छ । महामन्त्रीद्वयले अगुवाइमा विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति खड्कालाई बुझाइएको छ । त्यही सन्दर्भमा खड्काले महामन्त्रीद्वयसँग कुराकानी गरेका हुन् ।
महामन्त्री थापाले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने तालिका कार्यसम्पादन समिति बैठकमा पेस गरे पनि सहमति नबन्दा केन्द्रीय समितिमा पेस हुन सकेको छैन ।
दुई पक्ष आ–आफ्नो अडानमा कायमै रहेको बेला सहमतिको प्रयासस्वरुप खड्काले महामन्त्रीहरूसँग टेलिफोनमा संवाद गरेका हुन् । तर, कुनै सहमति भने नभएको स्रोतहरू बताउँछन् । टेलिफोन सम्वादमा महामन्त्री शर्माले उल्टै चार बुँदे सुझाव कार्यवाहक सभापछि खड्कालाई दिएका थिए ।
यता एक बजेबाट सुरु हुने भनिएको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । २८ असोजबाट सुरु भएको बैठक कात्तिक १ गते बसेर बिहीबारसम्मका लागि रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण