‘गर्भवती बनाइदिएबापत २५ लाख पाउने’ विज्ञापनमा लोभिएका ठेकदारले गुमाए ११ लाख भारु
सारांश
- पुणेका एक ठेकेदारलाई सामाजिक सञ्जालमा महिलालाई गर्भवती बनाउने प्रलोभन देखाई ११ लाख भारु ठगी गरियो।
- सामाजिक सञ्जालमा प्रसारित भिडियो विज्ञापनमार्फत ठगी गर्ने गिरोहले परिचयपत्र बनाउन रकम माग गर्दै ठगी सुरु गरेको थियो।
- विज्ञापनमा उल्लेखित अवसर नपाएपछि र सम्पर्क विच्छेद भएपछि, पीडितले प्रहरीमा उजुरी दिएका छन्, र प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नयाँ दिल्ली । सामाजिक सञ्जालमा विभिन्न प्रकारमा सामग्री आउने गर्दछन् । सामाजिक सञ्जालमा आएका त्यस्ता कतिपय सामग्रीकै कारण मानिस ठगिने गरेका उदाहरण पनि पाइन्छन् ।
भारतको महाराष्ट्र राज्यको पुणेमा यस्तै एक ठगीको घटना प्रकाशमा आएको छ । सहरका एक ठेकदारले सामाजिक सञ्जालमा त्यस्तै एक विज्ञापन देखे, जसमा महिलालाई गर्भवती बनाएबापत २५ लाख रुपैयाँ दिइने प्रस्ताव थियो ।
सामाजिक सञ्जालमा प्रसारित भिडियो विज्ञापनमा एक महिला भन्छिन्, ‘म यस्तो एक पुरुष चाहन्छु, जसले मलाई आमा बनाइदियोस् । त्यो पुरुष पढेलेखेको होस् वा अनपढ, गोरो होस् वा कालो, जुनसूकै जातको होस्, त्यसले मलाई केही फरक पर्दैन ।’
यो विज्ञापन हेरिसकेपछि ती ठेकदारले भिडियोमा उल्लेख भएको नम्बरमै फोन गरे । उनीसँग ‘प्रेग्नेन्ट जब फर्म’का सहायकका रूपमा एक पुरुषले कुराकानी गरे ।
यहाँबाट ती ठेकदार ठगिने क्रम सुरु भयो । आफ्नो परिचयपत्र बनाउनुपर्ने भन्दै ती व्यक्तिले ठेकदारसँग सुरुवातमा केही रकम माग गरे । यसैगरी विभिन्न प्रक्रियाका लागि भन्दै आफूसँग पटक–पटक गरी ११ लाख भारु लिइसकेको पीडित ठेकदारको भनाइ छ ।
सेप्टेम्बरको पहिलो सातादेखि २३ अक्टोबरसम्मको अवधिमा ११ लाख रुपैयाँ बुझाइसकेपछि पनि विज्ञापनमा भनेजस्तो अवसर नपाएपछि ठेकदार झस्किए । त्यसपछि उनले फोनबाटै जब कम्पनीका मानिससँग सोधपुछ गर्न थाले । अचानक आफ्नो नम्बर ‘ब्लक’ भएपछि भने ठेकदारले आफू ठगिएको आशंका गरे ।
त्यसपछि उनी प्रहरीमा ठगीको उजुरी लिएर पुगे । प्रहरीले उनको उजुरीमाथि अनुसन्धान सुरु गरेको छ । भारतमा यस प्रकारका साइबर ठगीका कैयौँ उदाहरण रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पीडित ठेकदारको नाम र परिचय भने खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण