स्वनिर्मित नियम घोषणा गरी विश्व व्यापारलाई नबिथोल्न चीनको आग्रह
सारांश
- चीनले जी७ राष्ट्रहरूलाई स्वनिर्मित नियम प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्था अवरुद्ध नगर्न आग्रह गरेको छ।
- चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जी७ ले खनिज उत्पादन गठबन्धन घोषणा गर्ने रिपोर्टबारे प्रतिक्रिया दिए।
- चीनले निर्यात नियन्त्रण प्रणालीलाई मानकीकृत गरेको र जी७ लाई बजार अर्थतन्त्रको सिद्धान्त पालना गर्न आग्रह गरेको छ।
बेइजिङ । चीनले जी–७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकारसँगको नियमित भेटघाटका क्रममा बिहीबार उनले जी–७ राष्ट्रहरूले बजारमा चीनको प्रभुत्वको सामना गर्न महत्वपूर्ण खनिज उत्पादन गठबन्धनको घोषणा गर्ने रिपोर्टबारे प्रतिक्रिया दिँदै स्वनिर्मित नियमको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गरेका हुन् ।
प्रवक्ता गुओले भने, ‘चीनले निर्यात नियन्त्रण प्रणालीलाई मानकीकृत र सुधार गर्न कदम चालेको छ। यो अन्तर्राष्ट्रिय अभ्यास अनुरूप छ र यसको उद्देश्य विश्व शान्ति र क्षेत्रीय स्थिरता कायम गर्नु र परमाणु अप्रसार र अन्य अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नु हो।’
उनले भने, ‘हामी जी–७ लाई बजार अर्थतन्त्रका सिद्धान्त र अन्तर्राष्ट्रिय व्यापार नियमको इमान्दारीपूर्वक पालना गर्न, समूहको स्वनिर्मित नियमले अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई बिगार्न बन्द गर्न र स्थिर विश्व अर्थतन्त्रका लागि संयुक्त रूपमा काम गर्न आग्रह गर्दछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण