हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्यो उद्धार
शुक्रबार, १४ कात्तिक २०८२, १३ : १६
सारांश
- नेपाली सेनाले मुस्ताङको हिडन भ्यालीमा हिमपातमा फसेका १५ जना पर्यटकको उद्धार गरेको छ।
- उद्धार टोलीले तीन दिनको प्रयासपछि १४ कात्तिकमा पर्यटकहरूलाई ४,९०० मिटरको उचाइबाट उद्धार गर्यो।
- उद्धार गरिएका पर्यटकहरूलाई जोमसोम ल्याइँदैछ, जसमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र पथप्रदर्शकहरूको संयुक्त टोली छ।
काठमाडौँ । नेपाली सेनाले मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशीसहित १५ जना पर्यटकहरूलाई उद्धार गरेको छ ।
नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको प्रयास पश्चात् कात्तिक १४ गते उनीहरूको उद्धार गरिएको सेनाले जानकारी दिएको हो । सेनाका अनुसार हिडन भ्यालीको करिब ४ हजार ९०० मिटरको बतासे डाँडामा फेला पारेर उद्धार गरेको हो ।
उद्धार गरिएका पर्यटकहरूको साधारण स्वास्थ्य परीक्षण पश्चात् नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सहितको संयुक्त उद्धार टोलीले उनीहरुलाई जोमसोम ल्याउने कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण