बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कार्यतालिकाको विषयमा सहमति नजुटेपछि कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित

शुक्रबार, १४ कात्तिक २०८२, १४ : ४५
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • कार्य तालिकामा सहमति नहुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भयो।
  • महामन्त्रीहरूले मंसिरमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गरे पनि कार्यवाहक सभापतिले अस्वीकार गरे।
  • संस्थापन समूहले फागुनमा प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडान लिएको छ।

काठमाडौँ । कार्य तालिकाको विषयमा सहमति नजुटेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको छ । शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक बस्दै नबसी आइबारसम्मका लागि स्थगित भएको हो । 

केन्द्रीय कार्यालय स्रोतका अनुसार आज सहमतिको प्रयासस्वरुप नेताहरूबिच छलफल भएपनि विवाद कायमै रहेपछि बैठक नै आइतबारसम्म स्थगित गरिएको हो । 

कांग्रेसमा महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले मङ्सिरमा गर्ने गरी महाधिवेशनको कार्यतालिका ल्याउन आग्रह गर्दै आएका छन् । 

तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले  त्यो प्रस्ताव  अस्वीकार गरेपछि समस्या पैदा भएको बताइएको छ । संस्थापन समूहले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताइरहेको छ । विवादका कारण बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा समेत महामन्त्री  थापा अनुपस्थित भएका थिए ।

 यसैबिच आजै पनि  खड्काले केन्द्रीय कार्यसमिति बैठक रोकेर पदाधिकारीहरूको बैठक राखेका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको उक्त बैठकमा इतर समूहका नेता डा शेखर समेतको सहभागिता रहेको थियो । उक्त बैठकमा समेत कार्यतालिकाबारे सहमति नभएपछि बैठक नै प्रभावित बन्न पुगेको नेताहरुको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप