पूर्व अर्थमन्त्री फोरम बैठक : अर्थमन्त्री खनाल र गभर्नर पनि सहभागी
सारांश
- पूर्वअर्थमन्त्रीहरूको फोरमको बैठक काठमाडौँमा बसेको थियो, जहाँ वैदेशिक लगानी र अर्थतन्त्रबारे छलफल भयो।
- बैठकमा आर्थिक संकट र नागरिकमा परेको मनोवैज्ञानिक असरबारे छलफल गर्दै सरकारलाई सुझाव दिने तयारी गरियो।
- सक्षम व्यक्ति र भौतिक सम्पत्ति पलायन भइरहेको अवस्थामा, सरकारले नागरिकमा आत्मविश्वास जगाउन ठोस कदम चाल्नुपर्ने सुझाव दिइनेछ।
काठमाडौँ। शुक्रबार पूर्व अर्थमन्त्री फोरमको बैठक बसेको छ । काठमाडौँमा बसेको बैठकमा जेनजी आन्दोलनपछि वैदेशिक लगानी कसरी सुरक्षित गर्ने र अर्थतन्त्रलाई कसरी चलायमान बनाउने विषयमा छलफल भइरहेको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिए।
उनका अनुसार नेपाल हाल आर्थिक र मनोवैज्ञानिक गरी दोहोरो संकटबाट गुज्रिरहेको र आगामी निकास कसरी दिन सकिन्छ भन्ने विषयमा सरकारलाई सुझाव दिने तयारी रहेको उनले बताए । उनीहरुले देशको आर्थिक अवस्था कमजोर हुँदै गएको र यसले नागरिकमा मनोवैज्ञानिक असर पारेको विषयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ध्यानाकर्षण समेत गराउने भएका छन् ।
पाण्डेले भने- ‘सक्षम व्यक्तिहरू मात्र नभई भौतिक सम्पत्ति समेत विदेश पलायन भइरहेको छ, जसले देशलाई दोहोरो घाटा पुऱ्याइरहेको छ। यस्तो अवस्थामा नागरिकमा आत्मविश्वास जगाउन र देशमै बस्ने वातावरण सिर्जना गर्न सरकारले ठोस कदम चाल्नुपर्ने विषयमा अर्थमन्त्रीलाई सुझाव दिनेछ।’
बैठकमा सुरुमै अर्थमन्त्री रामेश्वरप्रसाद खनाल समेत सहभागी भएका छन् । तर केही समय बसेर अर्थमन्त्री खनाल बैठकबाट बाहिरिएका छन्।
बैठकमा पूर्व अर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, डा.प्रकाशशरण महत, डा. प्रकाशचन्द्र लोहनी, वर्षमान पुन, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र अर्थसचिव घनश्याम रेग्मी समेत सहभागी रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण