पेट्राेलकाे मूल्य स्थिर, डिजेलकाे घट्यो*
सारांश
- नेपाल आयल निगमले डिजेलको मूल्य प्रति लिटर रु. १ ले घटाएको छ।
- पेट्रोलको मूल्य भने यथावत राखिएको छ।
- हवाई इन्धनको आन्तरिक र अन्तर्राष्ट्रियतर्फ मूल्य बढेको छ।
काठमाडौँ । डिजेलकाे मूल्य घटेको छ । शुक्रबार नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल मूल्य स्थिर र डिजेलको मूल्य घटेकाे जानकारी दिएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.०३ र हवाई इन्धनमा प्रति लिटर रु.०.८६ ले बढेर तथा प्रति लिटर डिजेलमा रु.१.१९ ले घटेर आएको निगमले जनाएको छ ।
तर निगमकाे शुक्रबारकाे सञ्चालक समितिकाे निर्णयअनुसार पेट्राेलकाे मूल्यमा कुनै परिवर्तन नगरी स्थिर राखिएकाे छ ।
निगम सञ्चालक समितिको शुक्रबारको निर्णयानुसार शनिबारदेखि लागू हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल/मट्टितेलमा प्रति लिटर रु. १ ले घटाईएको तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु.१ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले बढाईएको छ ।

*यसअघि समाचारमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण