बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

तीन शीर्ष नेतालाई किन भेट्न चाहँदिनन् प्रधानमन्त्री ?

शुक्रबार, १४ कात्तिक २०८२, २० : ५६
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तीन शीर्ष नेताहरूलाई भेट्न अनिच्छा व्यक्त गरिन्।
  • उनले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको र युवा भावनाको सम्मान गर्ने बताइन्।
  • प्रधानमन्त्री कार्कीले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न इच्छा नभएको जनाइन्।

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तीन शीर्ष नेताहरूलाई भेट्न अनिच्छा देखाएकी छन् । 

गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न इच्छा नभएको बताइन् । 

सम्पादकहरूसँग शुक्रबार साँझ भेट्दै उनले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको बताउँदै आफूले युवाहरूको भावनाको सम्मान गर्ने उल्लेख गरिन् । 

प्रधानमन्त्री कार्कीले भनिन्,'केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष शक्तिमा रहनुभयो । जेनजी युवाहरूले दलभित्र उनीहरूको विकल्पमा आउने नेताहरूसँग कुरा हुनुपर्छ भन्ने ठानेका छन् । अस्ति यहाँ वार्तामा बस्दा पनि जेनजीले दलहरूलाई २३ र २४ भदौको संहारमा ती नेताहरूको भूमिकाबारे प्रश्न उठाए । मलाई चाहिँ उहाँहरूसँग (ओली, देउवा, प्रचण्ड) सँग कुरा गर्ने इच्छा छैन । अब गर्नैपर्ने अवस्था आयो भने कुरा गर्न पनि सकिन्छ । तर एउटै लिडरसिप कति हेर्नु ।’

त्यसक्रममा उनले सम्पादकहरूसँगको बैठकले सरकारलाई सुशासन र निर्वाचनको दिशामा अगाडि बढ्न थप ऊर्जा र उत्साह प्रदान गरेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप