महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै
सारांश
- नेकपा एमालेको सचिवालय बैठक ११ औँ महाधिवेशनको तयारीका लागि आज बस्दैछ।
- बैठकमा उपमहासचिव र सचिवले पोखराको वस्तुस्थितिबारे रिपोर्टिङ गर्नेछन्।
- महाधिवेशनको कार्यतालिका, प्रतिनिधि छनौट र निर्वाचनबारे बैठकमा छलफल हुनेछ।
काठमाडौँ । ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा औपचारिक छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ बजे बैठक आयोजना गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार मङ्सिर २७ देखि २९ सम्म पोखरामा हुने ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा आजको बैठकमा प्रारम्भिक रिपोर्टिङ हुनेछ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्ध्मा अर्यालले पोखराको वस्तुस्थितिका बारेमा बैठकमा रिपोर्टिङ गर्ने तयारी छ । बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी दिने सम्भावना छ ।
बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधिको सङ्ख्या, प्रतिनिधि छनौटको आधार आदि विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिएका छन् ।
बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण