कामना सेवा विकास बैंकको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक
सारांश
- कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा १९ करोड ७६ लाख खुद मुनाफा आर्जन गरेको छ।
- बैंकले ६३ अर्ब ७८ करोड निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ, र निष्क्रिय कर्जा ४.४१ प्रतिशत रहेको छ।
- बैंकले 'डोरस्टेप बैंकिङ' सेवा सुरु गरेको छ, जसले ग्राहकलाई घरमै डिजिटल बैंकिङ सेवा प्रदान गर्नेछ।
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले त्रैमासको अन्त्यसम्म १९ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सोही अवधिसम्म बैंकको कर्जा–निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ भने कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको विवरणमा उल्लेख गरिएको छ ।
हालै बैंकले नेपालको बैंकिङ इतिहासमै नयाँ सेवा ‘डोरस्टेप बैंकिङ’ सार्वजनिक गरेको थियो, जसमार्फत ग्राहकले घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । गत महिना सम्पन्न १९औं वार्षिक साधारणसभाले आव २०८१/८२ को संचित मुनाफाबाट शेयर धनीहरूलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण