बीपी राजमार्ग सञ्चालन अनिश्चित
सारांश
- लगातारको वर्षापछि आएको पहिरोले बीपी राजमार्ग शुक्रबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
- सडक डिभिजन भक्तपुरका अनुसार पानी रोकिएपछि डेढदेखि दुई घण्टाभित्र राजमार्ग सञ्चालनमा आउनेछ।
- राजमार्गको स्थायी पुनर्निर्माणको काम दसैँपछि सुरु गर्ने तयारी वर्षाले रोकिएको छ।
काठमाडौँ । लगातारको वर्षापछि आएको लेदोसहितको पहिरोका कारण शुक्रबारदेखि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । निरन्तर लेदो बगिरहेकाले अवरुद्ध हटाएर कहिले सडक सञ्चालनमा ल्याउन सकिन्छ भन्नेबारे अनिश्चित बनेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
पानी निरन्तर परिरहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिएका छन् ।
अवरुद्ध राजमार्ग पानी रोकिएको डेढदेखि दुई घण्टाभित्र सञ्चालनमा आउने उनको भनाइ छ । ‘अहिले पानी निरन्तर परिरहेकाले सडक कहिले खुल्छ भनेर अनिश्चित बनेको छ,’ प्रमुख योगेशले भने– ‘तर पानी रोकिएमा डेढ–दुई घण्टाभन्दा बढी लाग्दैन, हामी तत्काल पहिरो पन्छाएर राजमार्ग सुचारु गर्छौँ ।’
योगेशका अनुसार राजमार्गको चारसय वेँसी, पिन्थली र मंगलटार क्षेत्रमा मुख्यगरी लेदो झरेको छ । साना ढुङ्गाहरू खसेका स्थानमा सफा गरिए पनि लेदो तथा हिलो निरन्तर बगिरहेकाले यी स्थानमा अवरुद्ध हटाउन समस्या भएको हो ।
स्थायी पुनर्निर्माणको काम पनि वर्षाले रोकियो
राजमार्गको स्थायी पुनर्निर्माणको काम दसैँपछि लगत्तै सुरु गर्ने तयारी भए पनि वर्षाका कारण रोकिएको छ । असोजको तेस्रो साता निरन्तर परेको वर्षाका कारण बाढी पहिरो आएपछि अस्थायी सडकमा क्षति पुगेको थियो । यसपछि तत्काल पुनः अस्थायी सडक निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो ।
छठपछि पुनः स्थायी निर्माणको काम थाल्ने योजना रहेकोमा फेरि वर्षाका कारण केहि ढिलाइ भएको योगेशले बताए ।
‘पानी रोकिएपछि स्थायी पुनर्निर्माणको काम पनि सुरु हुन्छ, त्यसका लागि हामीले सबै तयारी गरिसकेका छौँ,’ उनले भने । राजमार्गको डिजाइन नै परिवर्तन गर्नुपर्ने चर्चाबारे उनले त्यसको आवश्यकता नरहेको स्पष्ट पारे । ‘डिजाइन सबै परिवर्तन गर्नुपर्ने होइन, एक–दुई ठाउँमा सामान्य रिभ्यु गर्ने कि भन्ने मात्र हो,’ योगेशले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण