ज्योति भट्टराईका तीन कविता
सारांश
- युवा पुस्ताका कवि ज्योति भट्टराईका कवितामा विभेद र सामाजिक असमानतामाथि व्यङ्ग्य गरिएको छ।
- कविले 'सद्भाव' कवितामा सामाजिक सद्भाव कायम राख्न गरिएका प्रयास र त्यसपछिका प्रतिक्रियालाई चित्रण गरेका छन्।
- भट्टराईका कविताहरूमा 'झिँगादेखि सावधान' र 'ट्रान्सलेसन इरर' जस्ता शीर्षकहरू छन्, जसले वर्तमान सामाजिक अवस्थालाई दर्शाउँछन्।
समकालीन कवितामा युवा पुस्ताका कवि ज्योति भट्टराई विभेद र सामाजिक असमानतामाथि तिखो व्यङ्ग्य प्रहार गर्दै कविता कोर्छन् । उनै भट्टराईका तीन कविता हामीले पस्केका छौँ ।
सद्भाव
इतिहासदेखि उनीहरूलाई
हजुरहरूको पाइतालामुनि
जबरजस्त राखियो
उनीहरूले निरीह भएर
पाइताला मुनिकै
संसार बनाए
उनीहरूले नियतिलाई धिक्कार्दै
सहेर बसुन्जेल
हजुरको सामाजिक सद्भाव
कहिल्यै डगमगाएन
जब
हैरान भएर उनीहरूले
तपाईँको पाइताला हटाउन भने
उनीहरूको थाप्लोबाट
तपाईं त चिच्याउन पो थाल्नु भयो ।
‘सद्भाव भड्कियो’ पो भन्न थाल्नुभयो ।
महोदय,
यदि उनीहरूले चलमलाउँदा
अझ टेकिरहन चाहनुहुन्छ
मानिसहरूकै शिरमाथि भने
तपाईं पक्का ढल्नुहुनेछ
र निस्कने छ
आजसम्मकै कर्कश आवाज ।
झिँगादेखि सावधान
उहिले उहिलेको कुरा
अचानक चल्यो ठुलो हुण्डरी
उडायो वरिपरिका सबै सबैलाई
ठुलो खाँबोको आड लिएर
बाल बाल बच्यो एउटा झिँगो ।
जब शान्त भयो आँधी
बकवास सुरु भयो झिँगोको
कि उसले,
बचायो ढल्नबाट खाँबोलाई
अरू झिँगाहरूले
उसको वीरताको कथा लेखे
गीत लेखे उसको साहसको
हैरान बनाए पुरै वातावरण ।
म
मेरो देशका शासकहरू
त्यस्तै झिँगो भएको देखिरहेछु
आशा छ
कथा दोहोरिने छैन यस पटक
लेखिए पनि गीत र कथा
कसैले पत्याइदिने छैनन्
बजाउने छैनन् ताली
उसका बगाल बाहेक ।
हामी छुटकारा चाहन्छौँ
फोहोरमा बसेकाहरूसँग
कीटाणु बोकेर यता आइरहेका
तिनीहरूसँग ।
बचाउनुहोला
कृपया सबैले
सङ्क्रमण हुनबाट
आफ्नो मस्तिष्क ।
फेरि अस्पतालमा
देख्नुपर्ने छ
छटपटाई रहेका आफ्ना सन्तान
झिँगादेखि सावधान ।
ट्रान्सलेसन इरर
उहिल्यै उहिल्यै
बनारस बाट
बेदको बिचमा
च्यापी ल्याएको
घोषणापत्रमा
बाटोमै छिरिगएका छन्
मनु र चाणक्यहरू
सायद त्यही भएर होला
उनीहरूले
समाजको असमानता माथि
केवल पण्डित्याइँ गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण