नारायणकाजीलाई प्रश्न : जनार्दन त जुरुक्क उठेर हिँड्नुभयो नि !
सारांश
- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनार्दन शर्मा पार्टीका लागि आवश्यक व्यक्ति भएको बताए।
- जनार्दन शर्मासँग फेरि छलफल गर्नुपर्ने र पार्टीको बैठकमा अरूको कुरा पनि सुन्नुपर्ने श्रेष्ठको भनाइ छ।
- श्रेष्ठले पार्टी एकताको पहल गर्ने व्यक्ति आफू भएको र एकीकृत समाजवादीसँग एकताको पक्षमा रहेको बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनार्दन शर्मा पार्टीका लागि आवश्यक व्यक्ति भएको बताएका छन् । पार्टी मुख्यालयमा शनिबार बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।
पत्रकारले श्रेष्ठलाई ‘जनार्दन त जुरुक्क उठेर हिँड्नुभयो नि त आफ्ना कुरा राखेर। महाधिवेशन टार्ने चाहिँ नि षड्यन्त्र हो भनेर,’ भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘बस्दाखेरि त उठेरै हिँड्नुपर्छ । तर उहाँसँग फेरि छलफल गर्नुपर्छ। उहाँ हाम्रो पार्टीको लागि आवश्यक व्यक्ति हुनुहुन्छ। उहाँको आफ्नै कुराहरू होलान्। तर उहाँले पार्टीको बैठकमा अरूको कुरा पनि सुनेर अनि त्यसपछि फेरि धारणा बनाउन उपयुक्त हुन्छ।’
उनले थपे, ‘हामी फेरि कुराकानी गर्छौँ। अहिले कसैलाई पनि यता र उता गर्ने स्थिति होइन। हामी सबैसँग अहिले झलनाथ कमरेड, घनश्याम कमरेड, प्रभाकर कमरेड सबै चाहिँ हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रयत्न गर्नुपर्छ।’
‘तपाईं पार्टी एकताको पक्षमा हो कि विपक्षमा?’ भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘पार्टी एकताको पक्षमा मात्रै होइन, पार्टी एकताको पहल गर्ने व्यक्तिहरूमध्ये म एउटा हुँ।
एकीकृत समाजवादीसँग पनि पार्टी एकता गर्नुपर्ने पक्षमा पनि हो, तर सिङ्गै एकीकृत समाजवादीको एकतालाई अझै पहल गर्नुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण