प्रधानन्यायाधीश राउतको टोली बङ्गलादेश प्रस्थान
शनिबार, १५ कात्तिक २०८२, २१ : ०२
सारांश
- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा भ्रमण टोली बङ्गलादेश प्रस्थान गरेको छ।
- भ्रमण टोली बङ्गलादेशका प्रधानन्यायाधीशको निमन्त्रणामा अदालत अवलोकनका लागि गएको हो।
- भ्रमण टोली कात्तिक १८ गतेसम्म बङ्गलादेशमा रहनेछ, जसमा वरिष्ठ न्यायाधीशहरू पनि छन्।
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज बङ्गलादेश प्रस्थान गरेको छ।
टोली बङ्गलादेशका प्रधानन्यायाधीश डा. सैयद रेफत अहमदको मैत्रीपूर्ण निमन्त्रणामा बङ्गलादेशको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि त्यहाँ गएको हो।
प्रधानन्यायाधीश नेतृत्वको यो टोली कात्तिक १८ गतेसम्म बङ्गलादेशमा रहनेछ। भ्रमण दलमा प्रधानन्यायाधीश राउतसहित अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण