बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम रोयल्सले कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट गर्ने

आइतबार, १६ कात्तिक २०८२, ०९ : ५७
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • सुदूरपश्चिम रोयल्सले आगामी नोभेम्बरमा धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ।
  • ट्यालेन्ट हन्टमा सहभागी हुन कार्तिक १९ गतेसम्म खेलाडीले नाम दर्ता गर्नुपर्नेछ।
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म आयोजना हुनेछ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी नोभेम्बर (९ र १०) कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ।

यो ट्यालेन्ट हन्ट धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा सञ्चालन हुनेछ। ट्यालेन्ट हन्टमा सहभागी हुनका लागि नोभेम्बर (५) कार्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नु पर्नेछ ।

सुदूरपश्चिम रोयल्सले यस ट्यालेन्ट हन्टमा सुदूरपश्चिम प्रदेशका युवा खेलाडीहरूको उल्लेख्य सहभागिता रहने विश्वास लिएको छ। एनपीएलको साबिक उप विजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि शनिबारबाट प्रशिक्षण पनि सुरु गरेको छ। दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म आयोजना हुनेछ।

सुदूरपश्चिम रोयल्सको टोलीः दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन

मुख्य प्रशिक्षकः जगत टमटा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप