क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार, नौ जना गम्भीर
आइतबार, १६ कात्तिक २०८२, १० : ०६
सारांश
- बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु आक्रमण हुँदा नौ जना गम्भीर घाइते भएका छन्।
- डोनकास्टरबाट किंग्स क्रस गइरहेको रेलमा भएको आक्रमणपछि १० जना अस्पताल भर्ना भएका छन्।
- आतंकवाद विरोधी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् र रेल सेवा निलम्बन गरिएको छ।
लन्डन । बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु आक्रमण हुँदा नौ जना गम्भीर घाइते भएका छन् । ब्रिटिश यातायात प्रहरीले यस्तो जानकारी दिएको भन्दै बीबीसीले समाचार छापेको छ ।
डोनकास्टरबाट किंग्स क्रस जाने रेलमा भएको आक्रमणपछि १० जनालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । तीमध्ये नौ जनाको अवस्था गम्भीर छ । प्रहरीले यसलाई ठुलो घटना भनेको छ ।
आतंकवाद विरोधी अधिकारीहरूले पनि अनुसन्धान गरिरहेका छन् । ब्रिटिश यातायात प्रहरीका प्रमुख सुपरिटेन्डेन्ट क्रिस केसीले आक्रमणलाई स्तब्ध पार्ने घटना बताए ।
घटनाको कारण केह हो भनेर अहिले नै भन्न नसकिने उनको भनाइ छ । क्याम्ब्रिजशायरमा रेल सेवाहरू निलम्बन गरिएको छ र अर्को सूचना नभएसम्म सडकहरू बन्द रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण