बाढी पहिरोका कारण ठप्प छन् यी राजमार्ग
काठमाडौँ । बाढी पहिरोका कारण देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमनमा ठप्प रहेको छ । विशेषगरी कोशी प्रदेश र बागमती प्रदेशका केही मुख्य सडकहरू बाढी–पहिरोका कारण प्रभावित भएका छन् । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने अवस्था सामान्य बन्दै गएको देखिएको छ ।
कोशी प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध र दुई वटा एकतर्फी सुचारु रहेको जनाएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोलामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध छ ।
यस्तै इलाममा मेची राजमार्ग रातको समयमा सञ्चालनमा रोक लगाइएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटा चौविसे गाउँपालिका–४ चारखोलेमा बाढि पहिरोका कारण तममोर करिडोर र मिक्लाजुङ गाउँपालिका–७ ऐनेभिर राँके रबि भेडेटार सडक पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोलेमा अविरल वर्षका कारण र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सिस्ने खोलामा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु छ ।
यस्तैगरी बागमती प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । जसमा काभ्रेपलान्चोक जिल्लाको बोक्सिकुना, विरुवाडाँडा, नमोवुद्ध नगरपालिका–६ चौकीडाँडा रोशी गाउँपालिका–७,९,११ र नार्के स्थित विभिन्न स्थानहरूमा पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
त्यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ तातोपानि बालुवाखानि, घट्टेखोला र फ्याङ्लुङघट्टेखोला र फ्याङ्लुङ स्थित सडक खण्डमा पहिरो जाँदा पासाङल्हामु सडक र गोसाइगुण्ड गाउँपालिका–२ मा नेपाल चीन जोड्ने पुल बगाउँदा पूर्ण रूपमा अवरुद्ध छ । मकवानपुरको इन्द्रसरोवर गाउापालिका–३ ज्यामिरे पहिरोका कारण कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध छ ।
गण्डकी प्रदेशको वारगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ र ताङ्वे बिचको कालाभिरमा पहिरोका कारण जोमसोम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ र घरपझोङ गाउँपालिका–४ पाण्डाखोला जोमसोम–कोरोला सडक खण्डमा एकतर्फी सुचारु रहेको छ । यसैगरी लुम्बिनी प्रदेशमा अर्घखाचीको सन्धिखर्क नगरापालिका–६ माथिल्लो रिब्दमा पहिरो जाँदा सन्धखर्क गोरुसिङ्गे सडक एकतर्फी सुचारु रहेको छ ।
_Eu6g7zJXII.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण