बीपी राजमार्ग सञ्चालनमा
आइतबार, १६ कात्तिक २०८२, ११ : ३२
सारांश
- बाढी पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ।
- भक्तपुर सडक डिभिजन कार्यालयका अनुसार, राजमार्ग एकतर्फी वा दुईतर्फी रूपमा सञ्चालनमा छ।
- काभ्रेपलान्चोकका विभिन्न स्थानमा गएको पहिरोले राजमार्ग अवरुद्ध पारेको थियो, हाल मर्मतपछि खुलेको छ।
काठमाडौँ । बाढी पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले भर्खरैबाट राजमार्ग सञ्चालनमा आएको रातोपाटीलाई बताए ।
उनले भने, ‘भर्खरै राजमार्ग सञ्चालनमा आएको छ । कतै एकतर्फी छ, कतै दुईतर्फी । ठाउँ ठाउँमा पहिरोका कारण दुईतर्फी सञ्चालन गर्न सक्ने अवस्था छैन । तर सञ्चालनमा आयो ।’
अविरल वर्षापछि काभ्रेपलान्चोक जिल्लाको बोक्सिकुना, विरुवाडाँडा, नमोवुद्ध नगरपालिका–६ चौकिडाँडा रोशी गाउँपालिका–७,९,११ र नार्केस्थित विभिन्न स्थानहरूमा शुक्रबार गएको पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । हाल मर्मतपछि सञ्चालनमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण