केन्यामा पहिरोमा पुरिएर २१ जनाको मृत्यु
सारांश
- केन्याको पश्चिमी रिफ्ट भ्यालीमा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ।
- पहिरोले हजारभन्दा बढी घरहरू ध्वस्त पारेको छ भने २५ जना घाइते भएका छन्।
- उद्धारका लागि सेना र प्रहरी परिचालन गरिएको छ र बेपत्ता व्यक्तिको खोजी जारी छ।
नैरोबी । भारी वर्षाका कारण पहिरो जाँदा केन्याको पश्चिमी रिफ्ट भ्यालीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । पहिरोले हजारभन्दा बढी घरहरू ध्वस्त पारेको अधिकारीहरूले बताएका छन् ।
गम्भीर घाइते भएका कम्तीमा २५ जनालाई एल्गेयो–माराक्वेट काउन्टीबाट चिकित्सा उपचारको लागि एल्डोरेट सहरमा हेलिकप्टरद्वारा ल्याइएको छ । केन्याका आन्तरिक मामिलाका लागि क्याबिनेट सचिव किपचुम्बा मुर्कोमेनले शनिबार माइक्रोब्लगिङ वेबसाइट एक्समा एक विज्ञप्तिमा जारी गर्दै साे कुराकाे जानकारी दिएका छन् । कम्तीमा अरू ३० जना अझै बेपत्ता भएको विज्ञप्तिमा भनिएको छ ।
सेना र प्रहरीको सहयोगमा आइतबार उद्धार प्रयास पुनः सुरु हुने बताइएको छ । ‘पीडितहरूलाई थप खाद्यान्न र गैरखाद्य राहत सामग्रीहरू आपूर्ति गर्ने तयारी भइरहेको छ । सामान ढुवानी गर्न सैन्य र प्रहरी हेलिकप्टरहरू तयारी अवस्थामा छन्,’ अझ अगाडि उनले भने ।
पहिरो प्रभावित क्षेत्रबाट केन्या रेडक्रसले खिचेको हवाई तस्बिरमा ठुलो क्षेत्रको दूरीमा विशाल पहिरो र बाढी देखिएको छ । सरकारसँग उद्धार प्रयासहरूबारे समन्वय गरिरहेको रेडक्रसले बताएको छ । बाढी र सडकमा अवरोधका कारण केही प्रभावित क्षेत्रहरूमा पहुँच अत्यन्तै कठिन भएको सामाजिक सञ्जाल एक्समा रेडक्रसले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण